क्वालालम्पुर मलेसिया निलाई बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा ३ वर्ष अगाडी मलेसिया प्रबेश गरेका जंग बहादुर थापा मगर आज भन्दा १ महिना अगाडी अचानक मृत्यु भएको थियो ।मलेसियाको निलाई शहरस्थित नेगरी सेम्बिलानमा पर्ने युनाईटेड मोर कम्पनीमा उनी कार्यरत थिए ।दिनभरि काम गरी बेलुकाको ७ बजे काम सकी उनी कोठामा गई नुहाई धुवाई गरेर नेपाली क्यान्टिनमा गई खाना खाएर रातको करिव ११ बजे सम्म टि.भी हेरेर सुतेका जंग बहादुर थापा मगर सुतेकै अबस्तामा मृत्यु भएको थियो । मृतक जंग बहादुर थापा मगर कटारी ओखले ७ का उदयापुर जिल्ला निबासी थिए । उनको घरको आर्थिक अबस्ता कम्जोर रहेकोले मलेसियाबाट मृतकको परिवारलाई २ लाख २२ हजार ३ सय १० रुपैया सहयोग रकम अजय कुमार साहको नाम बाट मृतकको बाबु कर्ण बहादुर थापा मगरको नाममा आइ एम इ बैंक बाट नेपाल पठाई सकेको समाचारमा जनाईएको छ ।सो रकम मलेसिया स्थित निज मृतक काम गरेको कम्पनीबाट नेपाली रुपैया १ लाख १७ हजार ३ रुपैया र मलेसिया स्थित नेपाली एकता समाजबाट १ लाख ५ हजार २ सय ८० रुपैया जम्मा गरी २ लाख २२ हजार ३ सय १० रुपैया नेपाल पठाई सकेको जानकारीमा आएको छ ।सो रकम नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार साहको नामबाट पठाईएको थियो ।मृतक जंग बहादुर थापा मगर मलेसिया स्थित नेपाली एकता समाजका कल्याणकारी कोष का एक सदस्य पनि थिए ।नेपाली एकता समाज कल्याणकारी कोष ले आफनो समाज कोष भित्रको जुनसुकै सदस्यको मृत्यु भएमा १ लाख रुपैया एनसुरेन्स् दिने बेस्बथा गरेको छ,
Friday, September 17, 2010
Subscribe to:
Post Comments (Atom)







0 comments:
Post a Comment