Thursday, November 18, 2010
Wednesday, October 27, 2010
यौनशिक्षा आवश्यक
यौनशिक्षा आवश्यक
नेपालमा पर्याप्त मात्रामा यौनशिक्षा दिइँदैन। यौनलाई गोप्य विषय मानेर बालबालिकालाई यसबाट टाढा राख्ने संस्कारका कारण किशोर-किशोरी विविध प्रकारका समस्या झेल्न विवश छन्।
अज्ञानताका कारण भोग्नुपर्ने हानि कम गर्ने एक मात्र उपाय पर्याप्त ज्ञान दिनु हो। त्यसैले आमाबुवाले नै छोराछोरीलाई यौनका विषयमा जानकारी गराउनुपर्छ। अज्ञानताका कारण जोखिम बेहोर्नुभन्दा संकोच त्यागेर ज्ञान प्रदान गर्नु बुद्धिमानी हुन्छ। अबका बालबालिका धेरै बाठा भैसकेका छन्। उनीहरूलाई उपयुक्त ज्ञान दिएर ठीक बाटोमा नहिँडाउने हो भने बिग्रने सम्भावना बढ्छ। त्यसकारण यौनशिक्षा पाठ्यक्रममा पनि पर्याप्त मात्रामा समावेश गराउनुपर्छ र
अज्ञानताका कारण भोग्नुपर्ने हानि कम गर्ने एक मात्र उपाय पर्याप्त ज्ञान दिनु हो। त्यसैले आमाबुवाले नै छोराछोरीलाई यौनका विषयमा जानकारी गराउनुपर्छ। अज्ञानताका कारण जोखिम बेहोर्नुभन्दा संकोच त्यागेर ज्ञान प्रदान गर्नु बुद्धिमानी हुन्छ। अबका बालबालिका धेरै बाठा भैसकेका छन्। उनीहरूलाई उपयुक्त ज्ञान दिएर ठीक बाटोमा नहिँडाउने हो भने बिग्रने सम्भावना बढ्छ। त्यसकारण यौनशिक्षा पाठ्यक्रममा पनि पर्याप्त मात्रामा समावेश गराउनुपर्छ र
Friday, September 17, 2010
मृतकको परिवारलाई मलेसियाबाट २ लाख २२ हजार ३ सय १० रुपैया सहयोग
क्वालालम्पुर मलेसिया निलाई बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा ३ वर्ष अगाडी मलेसिया प्रबेश गरेका जंग बहादुर थापा मगर आज भन्दा १ महिना अगाडी अचानक मृत्यु भएको थियो ।मलेसियाको निलाई शहरस्थित नेगरी सेम्बिलानमा पर्ने युनाईटेड मोर कम्पनीमा उनी कार्यरत थिए ।दिनभरि काम गरी बेलुकाको ७ बजे काम सकी उनी कोठामा गई नुहाई धुवाई गरेर नेपाली क्यान्टिनमा गई खाना खाएर रातको करिव ११ बजे सम्म टि.भी हेरेर सुतेका जंग बहादुर थापा मगर सुतेकै अबस्तामा मृत्यु भएको थियो । मृतक जंग बहादुर थापा मगर कटारी ओखले ७ का उदयापुर जिल्ला निबासी थिए । उनको घरको आर्थिक अबस्ता कम्जोर रहेकोले मलेसियाबाट मृतकको परिवारलाई २ लाख २२ हजार ३ सय १० रुपैया सहयोग रकम अजय कुमार साहको नाम बाट मृतकको बाबु कर्ण बहादुर थापा मगरको नाममा आइ एम इ बैंक बाट नेपाल पठाई सकेको समाचारमा जनाईएको छ ।
Thursday, August 19, 2010
नेपाली एकता समाज मलेशियाको बैठक सम्पन्न
मलेशिया –
नेपाली एकता समाज मलेशियाको यहि मिति साउन-२४ गतेको दिन बैठक सम्पन्न भएको छ । आफनो कार्यक्रमलाई निरन्तरता दिदै आएको, नेपाली एकता समाजले बिभिन्न व्यतिहरुलाई सहयोग गरदै आएको छ। यसै सिलसिलामा आफनो ३ वर्ष कार्य अबधि पुरा गरी नेपाल फर्कनु हुने नेपाली एकता समाजको सदस्यहरुलाई बिदाई कार्यक्रमको आयोजना गरिने भएको छ । साथै नयाँ पदपूर्तिको लागी नयाँ कार्य समिति चयन गरीएको छ । जसमा अध्यक्ष अजय कुमार शाह,उपाध्यक्ष अम्बिका लिम्बु , सचिब रुद्र खतिवडा ,कोषअध्यक्ष पदम कुँवर, सह-सचिब लेख बहादुर बि.क ,सहल्लाकार जिवलाल घिमिरे, सह-सहल्लाकार गिरिराज पौडेल रहेको छ । सदस्यहरु फत बहादुर खत्री,सुरेन्द्र राई, पूर्ण पुन,कुल बहादुर कुमाल, टिकाराम पौडेल,दिलिप श्रेष्ठ र गौतम सहनी रहेका छन् । नव गठित कार्य समितिले आफनो कार्यक्षेत्रलाई तिब्रताका अगाडी बढाउने छ। यसै हप्ता देखि नेपाली एकता समाजले आफनो अफेसिअल वेब साईट लाई पनि संचालन गर्ने भएको छ ।
Subscribe to:
Posts (Atom)

.jpg)





