बचाऊ है साथी यो हाम्रो देश नेपाल
राजनितीको भुमरीमा फसी सकेको छ,
मिलौ है साथी हामी एक अर्कामा
बिदेशी को हात लम्बी सकेको छ,
हिमालै हिमाल ले सजिएको देश नेपाल
कुटनीति को फन्दामा परि सकेको छ,
सुन्दर गर्ब साली देश नेपाल
आज विद्रोहीले भत्काई सकेको छ
आज विद्रोहीले भत्काई सकेको छ
त्यसैले आज हाम्रो देश नेपाल र नेपाली आमालाई
एउटा बिर देश योद्दाको खाचो छ,
गर्ब गर्छौ आज हामी नेपाली भएर
हाम्रो देश नेपाल कसैको गुलाम भएको छैन,
शुन्दर बनाऊ छौ हाम्रो देश नेपाल
यसलाई कसैले भत्काउने आट गर्ने छैन,
लड्नु पर्छ हामीले हाम्रो देश नेपाल को लागि
तर हामी नेपाली नेपाली मा होइन
मर्नु पर्छ हाम्रो देश नेपालको लागि
तर आफै आफैमा होइन,
अजय कुमार शाह.






